← समाचारमा फर्कनुस्
Football Sep 25, 2023 · Nepalsports

साफ यू-१९: माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा

साफ यू-१९: माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा

काठमाडौँ- नेपालमा जारि साफ यू-१९ फुटबलमा माल्दिभ्सलाई हराउदै घरेलु टोली सेमीफाइनल प्रवेश गरेको छ।

त्रीपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई गोलअन्तरले पराजित समूह ए को उपविजेताको रुपमा नेपाल सेमीफाइनलमा पुगेको हो।

जित्नैपर्ने दबाबमा रहेको नेपालले माल्दिभ्सलाई ४-१ गोअन्तरले पराजित गरेको हो।

खेलको १६औ मिनेटमा माल्दिभ्सका डिफेन्डरबाट डिफ्लेक्सन भएर आएको बललाई उत्कृष्ट नियनत्रण गर्दै नेपालका प्रशान्त लक्षामले डिबक्सबाहिरबाट सुन्दर गोल गर्दै सुरुवाती अग्रता दिलाए।

त्यस्तै खेलको ३०औ मिनेटमा निराजन धामीको असिस्टमा समिर तामाङले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ३३औ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद हसनले तनावको स्थीति बनाउदा दुवै खेलाडी रातो कार्ड व्यहोर्दै मैदान छाडेका थिए।

दोस्रो हाफको १२औ मिनेटमा माल्दिभ्सका डिफेन्डर अदाम रशिदले कर्नरमा गोल गर्दैं आफ्नो टोलिलाई २-१ गोलको स्थीतिमा पुर्याए।

प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफको ४२औ मिनेटमा प्रशान्त लक्षामको सुन्दर असिस्टमा निराजन धामीले गोल गर्दै टोलीलाई ३-१ को अवस्थामा पुर्याए।

त्यस्तै खेलको इन्जुरि समयमा समिर तामांगले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जीत सुनिश्चि गराए।

नेपालले सेमीफाइनलमा भुटान र भारतमध्ये एउटा टोलिसंग प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →