← समाचारमा फर्कनुस्
Football Feb 10, 2024 · Nepalsports

चीनको युवी टोली माथि नेपाली युवा टोलीको जित

चीनको युवी टोली माथि नेपाली युवा टोलीको जित

चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको चिन र नेपाल वीचको मैत्रीपूर्ण फुटबलमा नेपालले ५–१ गोलले जित हात पारेको छ । नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम प्रतियोगिता भएको हो ।  एक समारोह वीच  प्रतियोगिताको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदै अध्यक्ष तिमल्सिनाले खेलमा जुन टिमले जिते वा हारे पनि नेपाल र चीन बीचको समवन्धले जित्ने बताउनुभयो ।

नेपालले खेलको दोस्रो मिनेटमा नै सञ्जिव विष्टको गोलबाट अग्रता लिएको थियो ।त्यस्तै समिर तामाङले खेलको ३९ औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाए । 

खेलको ५४ औं मिनेटमा समिर तामाङले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्याएका थिए । खेलको ६३ औं मिनेटमा छिरिङ लामाले नेपालका लागि चौथों गोल गरे । 

निराजन धामीले ७५ औं मिनेटमा नेपालका लागि पाँचौं गोल गरेका थिए । त्यसको तीन मिनेटपछि जाक्सी पेन्गुकुओले चीनका लागि सान्तवना गोल फर्काएका थिए । 

कार्यक्रमलाई सम्वोधन गर्नु हुदै नेपालका लागि चिनिया राजदुत चेन सङले दुई देशको सम्वन्धलाई प्रगाड बनाउने क्रममा नयाँ बर्षका अवसरमा फुटबल आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत परिषदका सदस्यहरुको उपस्थिति थियो । नेपालका लागि चिनीय राजदुत र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता भएको हो ।  

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →