← समाचारमा फर्कनुस्
Football Aug 25, 2024 · Swadesh

पेनाल्टीमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

पेनाल्टीमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।

नेपालको जितमा गोलकिपर जियारथ शेखले पेनाल्टी सुटआउटमा भुटानका दुई खेलाडीको प्रहार बचाउँदै नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधिनजिक पुर्‍याएका हुन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

निर्धारित समयमा दुबै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा जेत्सुइन दोर्जीले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए। तर, निर्धारित समय सकिन १२ मिनेट बाँकी रहँदा नीराजन धामीले नेपाललाई खेलमा फर्काए।

उनले लछु थापाको हुक पासलाई हेडिङमार्फत गोल गरेका थिए। जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो। समूहचरणमा उनले श्रीलंकाविरुद्ध निर्णायक गोल गरेका थिए।

अब नेपालले उपाधिका लागि बुधबार भारत र बंगलादेशबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल सोमबार हुनेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →