← समाचारमा फर्कनुस्
Cricket Oct 30, 2025 · Swadesh

नेपाल युएईसँग पराजित

नेपाल युएईसँग पराजित

काठमाडौं। युएईले नेपाललाई आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा पराजित गरेको छ।


बिहीबार युएईमा सम्पन्न खेलमा युएईले  नेपाललाई ५ विकेटले पराजित गरेको हो।


२३४ रनको मध्यम लक्ष्य पछ्याएको युएईले ओभरमा ५ विकेट गुमाउँदै २३७ रन बनायो।


जितसँगै अंक तालिकाको पुछारमा रहेको युएईलाई केही राहत मिलेको छ। युएईले १८ खेलबाट ८ अंक पुर्‍याएको छ। जारी भ्रमणमा नेपालको यो दोस्रो हार हो। यसअघि अमेरिकासँग नेपाल १०६ रनले पराजित भएको थियो।  समान खेलबाट १२ अंक रहेको नेपाल सातौं स्थानमा यथावत् छ।


युएईलाई जित दिलाउन आर्यान्श शर्माले ९८ रनको उत्कृष्ट इनिङ्स खेले। ९८ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। उनलाई लेग स्पिनर सन्दीप लामिछानेले शतक बनाउनबाट बञ्चित गरे।


यद्यपि, सन्दीपको उक्त क्याच एन्ड बोल्डबाट युएईलाई कुनै असर परेन। अलिशान शराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन बनाइदिसकेका थिए।


उनीबाहेक मोहम्मद वासिम २६, कप्तान राहुल चोपरा १५, हर्षित कौशिक १३ रनमा आउट भए। यता, धुर्व पराशर १६ र जाहिद अली ११ रनमा अविजित रहन सफल भए।


नेपालका सन्दीपले सर्वाधिक दुई विकेट लिए। उनले आफ्नो १० ओभरमा ३४ रन खर्चिए। करण केसी र दीपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो।


त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।


नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक १०९ रन बनाए। १३० बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →