रोमाञ्चक खेलमा नेपाल पराजित, सकियो सुपर आठको सम्भावना

काठमाडौं । आइसीसी टी२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल पराजित भएकाे छ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रनमात्रै बनाउन सक्याे।
नेपालका लािग ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए। उनले उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरे।
योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ।
सुपर एटमा पुगिसकेको अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।
दक्षिण अफ्रिकासँग पराजित भएसँगै यस समूहबाट बंगलादेश र नेदरल्यान्ड्सबीच सुपर एटमा पुग्न भिडन्त हुने भएको छ। नेपालसँग अन्तिम खेल खेल्न बाँकी बंगलादेशको तीन खेलबाट चार अंक छ। श्रीलंकासँग अन्तिम खेल खेल्ने नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रहेको छ।
नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |