← समाचारमा फर्कनुस्
Cricket Sep 29, 2024 · Swadesh

नेपाल क्यानडासँग १४ रनले पराजित

नेपाल क्यानडासँग १४ रनले पराजित

काठमाडौं । नेपाल टी–२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा क्यानडासँग १४ रानले पराजित भएको छ। 

क्यानडाको किङ्ग सिटीमा गएराति टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। 

१२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए। यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए।

क्यानडाका कलिम सानाले चार विकेट लिए। यस्तै साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौकासहित २३ रन बनाए। यस्तै श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए।

नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन÷तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक÷एक विकेट लिए। नेपालले दोस्रो खेल अब आज राति ओमानसँग खेल्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →