← समाचारमा फर्कनुस्
पहिलो अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । एसीसी महिला एसिया कपका लागि श्रीलंकामा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा श्रीलंका डेभलभमेन्ट टोलीसँग पराजित भएको छ।
मंगलबार सम्पन्न खेलमा नेपाली टोली ३३ रनले पराजित भएको हो।
श्रीलंकाले दिएकाे ११९ रनको लक्ष्य पछ्याएको नेपालले बर्षाका कारण छोट्याईएको १५ ओभरमा ९ विकेट गुमाएर मात्र ६३ रन बनायो।
नेपालका लागि रुबिना क्षेत्रीले १७ बलमा १७ तथा सिता राना मगरले २८ बलमा ११ रन बनाईन्।श्रीलंकाका लागि दिवामी भिहागांले तीन तथा एम सिहानीले दुई विकेट लिईन्।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो।
दोस्रो अभ्यास खेल बुधबार हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |