TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 06, 2026 · Swadesh

राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता दशरथ रंगशालामा

राष्ट्रिय बहिरा फुटबल प्रतियोगिता दशरथ रंगशालामा

काठमाडाैं। राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ (पुरुष) यहि माघ २५ र २६ गते काठमाण्डौको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने भएको छ। 


आज नेपाल पारा ओलम्पिकको कार्यालय दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाण्डौमा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराईएको हो । सुन्दरढोका साथीसेवाले आपंगता खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले संचालन गर्दै आएको विकास शिल्ड अन्तरगत यस पटक राष्ट्रियस्तरमै बहिरा फुटबल प्रतियोगिता आयोजना गरिएको संस्थाकी कार्यकारी निर्देशक बिजेता लुईटेल अधिकारीले बताउनुभयो । “सुन्दरढोका साथी सेवाका संस्थापक स्व. श्री विकास अधिकारीको अपांगता खेलकुद प्रतिको अत्याधिक चाहना अनुरुप विकास शिल्डको स्थापना भएको हो ।” उहाँले भन्नुभयो “विकास शिल्ड अन्तरगत नै उक्त फुटबल प्रतियोगिता हुन लागेको हो, प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । हामी निकै उत्साहित छौँ ।”


उक्त प्रतियोगितामा सहभागी हुनका लागि देशैभरीबाट खेलाडीहरु आउने र खेल दुई दिनसम्म दशरथ रंगशालामा सम्पन्न हुने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीहरुको विभिन्न मापदण्ड पुरा भएको हुनुपर्ने आयोजकले जनाएको छ । जसमा अपांगता परिचय पत्र भएको हुनुपर्ने, कम्तिमा ५५ डेसिबल श्रवणशक्तिमा कमी रहेको हुनुपर्ने, १८ वर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने, सुनाई क्षमताको लागि प्रमाणित अडियोलोजी रिपोर्ट हुनुपर्ने र शारीरिक रुपमा पुर्ण रुपमा तन्दुरुस्त हुनुपर्ने रहेको प्रेस विज्ञप्ती मार्फत जनाईएको छ । 


राष्ट्रिय बहिरा ११–ए साईड फुटबल प्रतियोगिता २०८२ हेर्न आउने दर्शकहरुका लागि भने टिकट नलाग्ने र प्रवेश निशुल्क रहेको आयोजकले जनाएको छ । बहिरा अपांगता भएका व्यक्तिहरुको मनोबल र आत्मविस्वास बढाईदिन प्रतियोगिता हेर्न आउन आयोजकले सबैलाई आह्वान पनि गरेको छ । 


सुन्दरढोका साथीसेवाले विकास शिल्ड मार्फत स्थापना काल देखी नै अपांगता खेलकुद सम्बन्धी प्रतियोगिताहरु सञ्चालन, खेल तथा खेलाडीको क्षमता विकासका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रशिक्षणहरु, खेलाडीलाई खेल समग्रीहरु प्रदान गरी अन्तराष्ट्रियस्तरमा मौका दिने जस्ता कार्यहरु गर्दै आएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →