← समाचारमा फर्कनुस्
भिसा नलागेपछि क्रिकेट टोलीको युएई यात्रा प्रभावित

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ।
ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो। टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार नै बिदाइ गरेको थियो।
टोली शुक्रबार त्यसतर्फ जाने तयारीमा थियो। तर, भिसाको कारण अलपत्र परेको क्यान प्रवक्ता छुम्बी लामाले बताएका छन्।
नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ। तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ। यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)सँग समन्वय भइरहेको लामाले बताए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |