← समाचारमा फर्कनुस्
करिब दुई महिनापछि क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली करिब दुई महिनाको क्यानडा र अमेरिका भ्रमण सकाएर बिहिवार स्वदेश फर्किएको छ।
अमेरिका र क्यानडामा नेपाली टोलीले दुई वटा त्रिकोणात्मक एकदिवसी सिरिज, एक त्रिकोणात्मक टी–२० सिरिज तथा अमेरिकासँग तीन टि–२० आई सिरिज खेलेको थियो।
अमेरिकामा सम्पन्न आइसिसी विश्वकप लिग–२ को खेलमा नेपालले तीन अंक जोड्न सफल भएको थियो। नेपालले स्कटल्यान्डलाई एक खेलमा हराउँदा अर्को खेल बर्षा बाधक बन्दा एक अंक बाँडेको थियो। अमेरिकासँग भने दुई खेलमै पराजय ब्यहोरेको थियो।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय सखस्य दिवाकर घले लगायतका पदाधीकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |