← समाचारमा फर्कनुस्
Football Nov 30, 2023 · Nepalsports

नेपाल फिफा वारियतामा दुई स्थान तल

नेपाल फिफा वारियतामा दुई स्थान तल

फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७५ औं स्थानमा झरेको हो।

सेप्टेम्वर महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अंक ९५३ थियो । अहिलेको नयाँ वरियतामा नेपालले १० अंक थप्दै ९६३ बनाएको छ ।

दक्षिण एसियामा भारत सबैभन्दा अघि १०२ औं स्थानमा छ । यस्तै माल्दिभ्स १६१औं स्थानमा झरेको छ । नेपाल भन्दा पछि रहेकामध्ये भुटान १८२ औं, बंगलादेश १८३ औं, पाकिस्तान १९३ औं र श्रींलका २०२ औं स्थानमा छ । 

एसियाली राष्ट्रहरुमध्ये सबैभन्दा अघि रहेको जापान १८ औं र इरान २१ औं स्थानमा छ । यस्तै दक्षिण कोरिया २४औं र अष्ट्रेलिया २७ औं स्थानमा छ ।

त्यस्तै विश्व वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ। फ्रान्स दोस्रो स्थानमा कायम रहदा ब्राजिल २ स्थान तल झर्दै पाचौ स्थानमा पुगेको छ।

इंगल्यान्ड तेस्रो, वेल्जियम चौथों, नेदरल्यान्ड्स छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, इटाली नवौ र क्रोएसिया दशौं स्थानमा रहेको छ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →