अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको'क्लीन स्वीप'

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ।
सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सिरिजमा क्लीन स्वीप गरेको हो।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरे। आसिफले टी–२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए।
त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
योसँगै नेपालले ३ खेलको सिरिज ३(० ले जितेको छ । नेपालको टी(२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो ।
नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग(२ को सिरिज खेल्ने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |