← समाचारमा फर्कनुस्
Cricket Oct 14, 2025 · Swadesh

कतारलाई हराएपछि नेपाल विश्वकप छनोट नजिक

कतारलाई हराएपछि नेपाल विश्वकप छनोट नजिक

नेपालले ट्वान्टी ट्वान्टी विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा सोमबार कतारलाई पाँच रनले हराउँदै छनोटको नजिक पुगेको छ । ओमानमा भएको सुपर सिक्सको खेलमा हारको संघारमा रहेर नेपाल जितसम्म पुग्न सफल भएको हो ।


नेपालले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ४७ रन बनाएका थियो । जवाफमा कतारले १९.५ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ४२ रन मात्र बनाउन सक्यो । नेपाललाई जित दिलाउन सन्दीप लामिछानेले महत्त्वपूर्ण भूमिका खेले र पाँच विकेट लिए ।


अब नेपालले बुधबार हुने खेलमा ओमानको सामना गर्नेछ र त्यसमा जितसँगै छनोटको औपचारिकता पूरा गर्न सक्नेछ । सुपर सिक्समा दुवै टिम समान छ अंकमा छन् । त्यसपछि यूएई र जापानको दुई दुई अंक छ । यस्तै समाओ र कतार शून्य अंकमा छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →