← समाचारमा फर्कनुस्
Cricket Feb 27, 2023 · Nepalsports

पीएनजी माथि नेपालको जित

पीएनजी माथि नेपालको जित

नेपालले यूएईमा आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिज आजबाट सुरु त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा सुखद सुरुआत गरेको छ । 

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको हो। यूएईस्थित दुबई अन्तराष्ट्रिय मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ४ विकेटले पराजित गरेको हो । 

पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ बलमा ५ चौका प्रहार गर्दै ५६ रनको अर्धशतकीय ईनिङ खेलेको थियो । अर्का ओपनर आसिफ शेखले ३९ बलमा ५ चौका प्रहार गर्दै ४४ रन बनाए । दुई ओपनरका बीचमा ७६ रनको साझेदारी भएको थियो । 

आरिफ शेखले ६२ बलमा ३८ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहितकुमार पौडेलले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । 

पीएनजीका लागि कप्तान असद भालाले ३ तथा नर्मन भानुवा र सेसे बाउले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको हो । 

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउँदा कप्तान असद भाला ३६ रनमा गुलशन झाबाट आउट भए । सेसे बाउ पनि झाकै बलमा ३१ रनमा आउट भए । 

किप्लिन डोरिगाले २९ रन बनाउँदा नर्मन भानुवाले २५ रन बनाएर कुशल मल्लको बलमा आउट भए । हिरि हिरिले १० रन बनाउँदा आजको खेलमा एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका प्रतिश जी.सीले आउट गराए । 

नेपालका लागि गुलशन झाले ३ तथा कुशल मल्लले २ विकेट लिए । करण केसी,सोमपाल कामी,प्रतिश जी.सीको नाममा समान १/१ विकेट रह्यो  । 

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा तीव्र गतिका बलर प्रतिश जी।सीले पपुवा न्युगिनी विरुद्ध डेब्यू गरेका हुन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेका प्रतिशले पहिलो खेलमा नै डेब्यु गरेका हुन् ।

प्रतिश नेपालबाट एकदिवसीय अन्तराष्ट्रियमा नेपालका लागि डेब्यू गर्ने ३७ औं खेलाडी हुन् । 

नेपालले अब यो सिरिजको दोस्रो खेलमा मार्च २ मा घरेलु टोलीसँग खेल्नेछ । मार्च ३ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ मा घरेलु टोली यूएईसँग खेल्नेछ । 

जितसँगै नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । 

पीएनजीको २९ खेलमा २ मा जित र २६ मा हारसहित अंकबिहिन रहेर पुछारमा रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →