← समाचारमा फर्कनुस्
ओमानविरुद्ध नेपाल ५६ रनले विजयी

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–२० श्रृंखलामा नेपालले ओमानलाई पराजित गरेको छ।
क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा १०१ रन जोड्दै अलआउट भयो।
ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए।
नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए। ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |