← समाचारमा फर्कनुस्
Cricket Nov 08, 2025 · Swadesh

हङकङ सिक्स : नेपालले भारतलाई हरायो

हङकङ सिक्स : नेपालले भारतलाई हरायो

काठमाडौं। नेपालले हङकङ सिक्समा भारतलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले भारतलाई ९२ रनले पराजित गरेको हो।


नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन मात्र बनाउन सक्यो।


भारत चैपिली र प्रियांक पन्चालले समान १२ रन बनाए। अन्यले राम्रो ब्याटिङ गर्न सकेनन्। नेपालका राशिद खानले सर्वाधिक ३ विकेट लिए। बसिर अहमदले २ र रुपेश शिंहले १ विकेट राखे।


त्यसअघि नेपालले निर्धारित ६ ओभरमा कुनै पनि विकेट नगुमाई १३७ रन बनाएको थियो।


राशिदले सर्वाधिक ५५ रन बनाए। १७ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरे। उनी रिटायर्ड हर्ट भए। कप्तान सन्दीप जोरा ४७ र लोकेश बम ३१ रनमा अविजित रहे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →