TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jan 24, 2026 · Swadesh

जिम्बावेमाथि नेपालको जित

जिम्बावेमाथि नेपालको जित

काठमाडौं। आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत शानदार ब्याटिङ प्रदर्शन गर्दै नेपालले जिम्बावेविरुद्ध ६ विकेटको सानदार जित हात पारेको छ।


शनिबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।


जिम्बावेले दिएको १३० रनको लक्ष्य १९।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।


खेलको सुरुआत नेपालका लागि सहज भने रहेन। ५।३ ओभरमै ४७ रन जोड्दा नेपालले दुई महत्वपूर्ण विकेट गुमाएको थियो। त्यसपछि मध्यक्रममा कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महतोले सम्हालिँदो ब्याटिङ गर्दै ३५ रनको महत्वपूर्ण साझेदारी गरे। कप्तान इन्दु वर्मा आउट भएपछि साझेदारी टुटे पनि नेपालले खेलमाथि नियन्त्रण कायम राख्न सफल रह्यो।


नेपालको जितमा उपकप्तान पूजा महतोले सर्वाधिक रन बनाउँदै निर्णायक भूमिका खेलिन्। कप्तान इन्दु वर्माले २३ बलमा १ छक्का र २ चौकाको मद्दतमा २२ रन जोडिन्।


सीता रानामगरले ११ रन बनाएर इन्जुरीका कारण मैदान छाडिन्। बिन्दु रावलले १५ रन तथा सम्झना खड्काले ९ रनको योगदान दिइन्।


जिम्बावेका लागि जोसेफिने नकाई नकोमोले सर्वाधिक दुई विकेट लिइन् भने नोमवेलो सिबन्दा र क्रिसटाबेल चाटोनज्वाले समान एक–एक विकेट हात पारिन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →