← समाचारमा फर्कनुस्
Cricket Oct 30, 2024 · Swadesh

स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

स्कटल्याण्डमाथि नेपाल पाँच विकेटले विजयी

काठमाडौं । आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटले विजयी भएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा पूरा गर्यो। 

स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। त्यस्तै, करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई-दुई विकेट हात पारे। अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने। नटआउट शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५१ रन बनाएका हुन्। 

कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन बनाए। कुशलले ३४ बलमा दुई चौकाको मद्दतमा २५ रन जोड्दा नटआउट गुल्सनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा २५ रन बनाएका हुन्।

ओपनर आसिफ शेखले ३४ बलमा एउटा चौकासहित २१ रन बनाए भने अर्का ओपनर अनिल शाह १९ बलको सामना गर्दा एक छक्कासहित १३ रन बनाएर आउट भए। 

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →