← समाचारमा फर्कनुस्
Cricket Jun 03, 2025 · Swadesh

स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

स्कटल्यान्डविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । नेपालले स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ मा घरेलु टोलीमाथि रोमाञ्चक जित हासिल गरेको छ।

सोमबार भएको सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमालाई १ विकेटले पराजित गरेको हो।

स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले १ बलअगावै ९ विकेट गुमाएर पूरा गर्याे।

नेपालका लागि करण केसीले सर्वाधिक ६५ रनको योगदान दिए। करणले ४१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। रिजन ढकाल १ रनमा अविजित रहे।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

भुर्तेल ५३ रन बनाउँदा ज्याक जार्भिसको बलमा बोल्ड आउट भए। आशिफ २० रन बनाउँदा जस्पर डेविटसनको बलमा विकेटकिपरको हातबाट क्याच आउट भए।

तेस्रो विकेटका लागि भीम सार्की र कप्तान रोहित पौडेलले ५४ रनको साझेदारी गरे। भीम ४० रन, कप्तान रोहित पनि ३७ रन बनाउँदा म्याकमुलेनको बलमा नै क्याच आउट भए।

गुल्सन झा ४२, दीपेन्द्र सिंह ऐरी ७, सन्दीप लामिछाने ५ र सोमपाल कामी १ रनमा क्याच आउट हुन पुगे।

त्यसअघि स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २९६ रनको बनाएकाे थियाे।

स्कटल्यान्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रनको योगदान दिए। 

फिन्ले एमसी क्रेथले ५५, म्याथु क्रसले ३९, कप्तान रिची वेरिङटोनले ४० र माइकल लिस्कले १८ रन थपे।

नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछानेले एक विकेट झारे।

सिरिजको दोस्रो खेलमा नेपालले बुधबार नेदरल्यान्डविरुद्ध खेल्नेछ।

लिग–२ मा नेपालले तेस्रो जित हात पारेको हो। जितसँगै नेपाल अंक तालिकाको सातौँ स्थानमा उक्लेको छ।

लिगको १३ खेलमा नेपालले ३ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै ८ अंकमा तालिकाको सातौँ स्थानमा उक्लेको हो। ६ अंक भएको युएई आठौँ स्थानमा झरेको छ।

१७ खेलबाट २० अंक जोडेको स्कटल्यान्ड अंक तालिकाको चौथो स्थानमा छ। २० खेलबाट २६ अंक बनाएको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →