← समाचारमा फर्कनुस्
Cricket Jun 05, 2025 · Swadesh

नेदरल्यान्ड्माथि नेपाल ५ विकेटले विजयी

नेदरल्यान्ड्माथि नेपाल ५ विकेटले विजयी

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछाएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

नेपालको जितमा आरिफ सेखले सर्वाधिक ७८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ३८, कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, आसिफ सेखले १९, गुलशन झा र भिम सार्कीले ११-११ रन बनाएका थिए।

नेदरल्यान्ड्स माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए।

त्यसअघि टसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्डले ४९.१ ओभरमा अल आउट हुँदै २२५ रन बनाएको थियो।

नोह क्रोएसले सर्वाधिक ४८ रन बनाए भने रोएलोग भान डेर मेर्वेले २१, कप्तान स्कट एड्वार्ड्सले ४६, विक्रमजित सिंहले ३८ र जाच लायन काचेटले २७ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने ललित राजबंशी, सन्दीप लामिछाने र करण केसीले २-२ विकेट लिए।

जारी सिरिजमा नेपालको याे लगातार दोस्रो जित हो। नेपालले स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको थियो।

लिग-२ मा १४ खेलमा १० अंक रहेकाे नेपाल सातौँ स्थान छ। त्यस्तै नेदरल्यान्ड्स २१ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →