← समाचारमा फर्कनुस्
Cricket Nov 07, 2024 · Swadesh

नेपालको लगातार दोस्रो जीत

नेपालको लगातार दोस्रो जीत

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ।

युएईको द सेभेन रंगशालामा नेपालले कुवेतमाथि १०८ रनको फराकिलो दर्ता गरेको हो। 

लगातार दोस्रो जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ। दुवै खेलमा पराजित कुवेत अंकविहिन छ। पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गर्दा कुवेतले घरेलु टोली युएईसँग १०६ रनको हार ब्यहोरेको थियो।

नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै समेटियो। कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सीमाना केसी र रचनाकुमारी चौधरीले समान दुई तथा कप्तान पूजा महतो, करिस्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३० रन बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →