← समाचारमा फर्कनुस्
Cricket Nov 12, 2024 · Swadesh

कुवेतमाथि नेपालको जित

कुवेतमाथि नेपालको जित

काठमाडौं । नेपालले आइसिसी महिला यु–१९ टी–२० विश्वकप एसिया छनोटमा कुवेतलाई पराजित गरेको छ। 

मंगलवार नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो। 

नेपालले दिएको २१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउन सक्यो। 

कुवेतका लागि कप्तान जिफा जिलानीले ३६ रन बनाउन काहे अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।  

नेपालका लागि कप्तान पुजाले चार ओभरमा आठ रन खर्चिएर पाँच विकेट लिईन्। रचना चौधरी र सिमाना केसीको नाममा समान दुई विकेट रह्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १३० रन बनाइन्। प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →