नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाडौं। जारी २०२६ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै ठूलो उपलब्धि हासिल गरेको छ।
अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो। सुरुवाती १६ रनमै ३ विकेट गुमाएको अफगानिस्तानका लागि फैजल शिनोजादा र नजिबुल्लाह जाद्रानले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरेर पारी सम्हालेका थिए। नांगेयालिया खरोटीले १५ बलमा ३ चौका प्रहार गर्दै १७ रन बनाए।
नेपालका बलर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १३ रन खर्चिएर ३ विकेट लिए।
१०३ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात निकै खराब रह्यो र टोलीले आफ्ना दुवै ओपनरलाई सुरुमै गुमायो। सन्दीप जोराले ३५ बलमा ३४ रन जोड्दै नेपालको इनिङ्स सम्हाले। रोहित पौडेलले ३२ बलमा अविजित ३३ रन बनाउँदै टोलीलाई जितसम्म डोर्याए। उनले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर पाँचौं विकेटका लागि महत्त्वपूर्ण ४६ रनको साझेदारी गरे; ऐरीले १८ बलमा १५ रन बनाए।
यस जितसँगै नेपालले एसियाली खेलकुदको क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। शनिबार (सेप्टेम्बर २६) हुने आफ्नो दोस्रो खेलमा जापानको सामना गर्नेछन्। उक्त खेलमा जित हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |