← समाचारमा फर्कनुस्
Cricket Sep 30, 2025 · Swadesh

नेपाललाई ऐतिहासिक सिरिज

नेपाललाई ऐतिहासिक सिरिज

काठमाडौं। नेपालले वेस्ट इण्डिजलाई दोस्रो टी२० आईमा पराजित गर्दै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ।


नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग दुई पक्षिय सिरिज खेलिरहेको पहिलो सिरिजमा नै ऐतिहासिक सफलता पाएको हो। 


साेमबार राति नेपालले दिएकाे १७४ रनको वेस्ट इण्डिजका लागि विशाल बन्न पुगेको थियो। खराब ब्याटिङ गरेकाे वेस्ट इण्डिज १७.१ ओभरमा ८३ रन बनाउँदै अल आउट भयो। 


वेस्ट इण्डिजमाथी नेपालले ९० रनको फराकिलो जित हासिल गर्न सफल भयो। वेस्ट इण्डिजका लागि जेसन हाल्डरले १५ बलमा २ छक्काको सहयोगमा सर्वाधिक २१ रन जोडे । अमिर जाग्गो १६ तथा अकिम अगुस्ट १७ रनमा आउट भए।


नेपालका लागि ३ बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद आदिल आलमले ४, कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट लिए।


त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको बनाएकाे थियाे।


नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले महत्वपुर्ण ऐतिहासिक साझेदारी गरेका थिए। अर्धशतक बनाएका दुवैले चौथो विकेटका लागि ६६ बलमा १०० रनको साझेदारी गरेका थिए। उनीहरुले यसअघि मुलपानीमा युएईविरुद्ध आसिफ र कप्तान रोहितकुमार पौडेलले गरेको ९९ रनको साझेदारी तोडेका हुन्।


आसिफ ४७ बलमा सर्वाधिक ६८ रनमा अविजित रहे। उनले ८ चौका र २ छक्का प्रहार गरे। सन्दीपले ३९ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ६३ रन जोडे।


४३ रन बनाउँदा ३ विकेट गुमाएर समस्यामा परेको नेपाली इनिङमा सन्दीप र आसिफले महत्वपुर्ण इनिङ खेले। ओपनर कुशल भुर्तेल २ रनमा वेस्टइण्डिजका कप्तान अकिल होसेनबाट एलबिडब्लु भए। ३७ महिना पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहमम्द आदिल आलम ५ बलमा १ चौका र १ छक्काको सहयोगमा ११ रनमा आउट भए।


गुलसन झा ६ तथा कुशल मल्ल ७ रनमा आउट हुदा कप्तान रोहितलाई नेपालले ३ रनमा गुमाएको थियो। वेस्ट इण्डिजका लागि पहिलो खेल ४ विकेट लिएका जेसन होल्डर यस खेलमा विकेट बिहिन रहे। कप्तान होसेन र कायल मेयर्सले समान २ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →