← समाचारमा फर्कनुस्
Cricket Jun 11, 2025 · Swadesh

नेपाल १६ रनले विजयी

नेपाल १६ रनले विजयी

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।

मंगलबारराति सम्पन्न खेलमा नेपाल १६ रनले विजयी भएको हो।

नेपालले दिएको २३७ रनको लक्ष्य पछाएको नेदरल्यान्ड्सल ४९.२ ओभरमा अल आउट हुँदै २२० रन मात्रै बनायो।

नेदरल्यान्ड्सका लागि वेसली बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० रन बनाएका थिए।  त्यस्तै माइकल लेभीटले २७, कील क्लेइनले २५, नोअह क्रोएसले २२ रन बनाएका थिए। 

नेपालका लागि नन्दन यादवले आफ्नो एकदिवसीय  खेलमा डेभ्यु गर्दै ३ विकेट लिए। नन्दनले ९ ओभरमा एक मेडनसहित ३९ रन दिएर ३ विकेट लिएका हुन्। सन्दीप लामीछानेले ३, ललित राजबंशीले २ तथा करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो।

नेपालका लागि आरिफ सेखले सर्वाधिक ८४ रन बनाए। भीम सार्की र कप्तान रोहित पौडेलले ३५-३५ रन बनाए भने कुशल भुर्तेलले १८, दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमद र करण केसीले ११-११ रन बनाएका थिए।

नेदरल्यान्ड्सका लागि बलर पौल भान मीकेरेनले ४ विकेट लिएका थिए भने माइकल लेभिटले ३ विकेट लिए।

यो जितसँगै नेपालले महत्वपूर्ण २ अंक हासिल गर्दै लिग-२ मा १६ खेलमा १२ अंकसहित सातौं स्थानमा छ। नेपालले यस सिरिजमा खेलेका ४ मध्ये ३ खेल जितेको छ र एक खेलमा हार बेहोरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →