विश्वकप छनोटमा नेपाल र यमन खेल्दै

काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे शुरू हुनेछ।
नेपाल र यमन समूह ‘एच’मा छन्। नेपाल लाओसलाई र यमन श्रीलंकालाई पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन्।
दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेल्दा कुनै खेल जित्न सकेको छैन ।
२०१७ मा एसियन कप छनोट अन्तर्गत घरेलु मैदान हलचोकमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो । त्यो नै नेपालको यमनविरुद्धको उत्कृष्ट नतिजा हो ।
त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० ले पराजित भएको थियो ।
यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |