विश्वकप छनोट नेपालको विजयी सुरुआत

काठमाडौँ । नेपालले आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनाेटमा विजयी सुरुआत गरेको छ।
बुधबार राति सम्पन्न पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।
नेपालले दिएको १४२ रनको लक्ष्य पछाएको कुवेतले १८.१ ओभरमा अल आउट हुँदै ८३ रन बनायाे। कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ र मीट भाभ्सरले ११ रन बनाए।
नेपालका लागि कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र नन्दन यादवको नाममा एक एक विकेट रहयाे।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो।
नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाएका थिए। कुशलको टी-२० मा १२औं अर्धशतक हो। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २०, कप्तान रोहित पौडेलले १६, गुलशन झाले ५ बलमा २० रन बनाएका थिए। त्यस्तै आसिफ सेखले २, कुशल मल्लले ४, सन्दीप जोराले ५, सोमपाल कामी १ र नन्दन यादवले २ रन बनाएका थिए।
कुवेतका बलर नवीनराज राजेन्द्रन र अनुदीप चेन्थामारा २-२ विकेट लिए भने मोहमद अस्लाम र मोहमद आकिफ फारुकले एक एक विकेट लिएका थिए।
यो जितपछि समुह बी मा नेपालले २ अंक जाेडेको छ । अब नेपालले अर्को खेल शुक्रबार जापानसँग खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |