← समाचारमा फर्कनुस्
लिग-२ : नेपाल र अमेरिका भिड्दै

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकासँग तेस्राे खेल खेल्दैछ।
दुबईकाे आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेबाट सुरु हुनेछ।
यस सिरिजमा नेपालले सुरुआतका दुई खेलमा हार बेहोरेको थियाे। नेपाल अमेरिकासँगको पहिलो खेल १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो। त्यस्तै अमेरिकाले भने नेपाल र युएईसँग जित हासिल गरेको छ।
हालसम्म लिग २ को अंक तालिकामा अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ। नेपालले भने १८ खेलबाट १२ अंकसहित पूछारबाट दाेस्राे स्थनामा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |