← समाचारमा फर्कनुस्
नेपालले यूएईसँग खेल्दै

काठमाडौँ– नेपाल, यूएई र हङकङ सम्मिलित टी–२० त्रिकोणात्मक सिरिज बुधबार काठमाडौँमा शुरू हुँदैछ।
आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारी स्वरूप आयोजना गरिएको सिरिजका खेल काठमाडौँस्थित मूलपानी र त्रिवि क्रिकेट रंगशालामा हुनेछन्।
पहिलो खेलमा बुधबार घरेलु टोली नेपाल र यूएई भिड्दैछन्। उक्त खेल दिउँसो १ बजे मूलपानीमा शुरू हुनेछ।
टी–२० आईमा यी दुई टोली पछिल्लो पटक २०२२ फेब्रुअरीमा भएको टी–२० विश्वकप छनोटमा आमनेसामने भएका थिए। जसमा यूएई ६८ रनले विजयी भएको थियो।
नेपाले दोस्रो खेल मूलपानीमा नै कात्तिक २ गते हङकङसँग खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ।
नेपालले तेस्रो खेल पनि हङकङसँग कात्तिक ४ गते मुलपानीमा नै खेल्ने छ। उक्त खेल बिहान ११ बजे शुरू हुने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |