← समाचारमा फर्कनुस्
Cricket Nov 06, 2024 · Swadesh

नेपाल र थाइल्याण्ड खेल्दै

नेपाल र थाइल्याण्ड खेल्दै

आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्याण्डसंग पहिलो खेल खेल्दैछ । खेल युएईको द सेभेन रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः१५ मा सुरु हुनेछ । 


उमेर समूहमा नेपाल र थाइल्याण्डबीच हालसम्म एकमात्र खेल भएको छ ।  सन् २०२२ मा विश्वकप छनोटअन्तर्गत नै भएको खेलमा थाइल्याण्डले ४९ रनको जित निकालेको थियो ।


नोभेम्बर ६ देखि १३ सम्म हुने प्रतियोगितामा यस प्रतियोगीतामा नेपाल, थाइल्याण्ड सहित  युएई र कुवेत रहेकोछ ।


सबै टोलीले एक अर्कासँग दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ ।


यु-१९ विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदैछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →