← समाचारमा फर्कनुस्
Cricket Jun 13, 2025 · Swadesh

त्रिदेशीय टि-२० आई सिरिज खेल्ने नेपाली टोली घोषणा

त्रिदेशीय टि-२० आई सिरिज खेल्ने नेपाली टोली घोषणा

 काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने  त्रिदेशीय टि-२० आई सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे घोषणा गरेको छ।

क्यानले शुक्रबार १५ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो। उक्त टोलीमा मधेस प्रदेशका रुपेश सिंह र सुदूरपश्चिम प्रदेशका किरण ठागुन्ना पनि अटाएका हुन्।

नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० सिरिज खेल्ने तय छ। टोलीमा लोकेश बमले पुनरागमन गर्नेछन्। यी दुई खेलाडी एकदिवसीय टोलीमा थिएनन्।

तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुल्शनकुमार झाले भने यो सिरिज गुमाउने छन्। यी दुई खेलाडी आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलअघि अभ्यास गर्दा घाइते भएका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →