नेपाल मेलबर्न स्टार्ससंग ३१ रनले पराजित

काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि पराजित भएको छ।
नेपाल मेलबर्न स्टार्स ३१ रनले पराजित भएकाे हाे। मेलबर्न स्टार्सले दिएकाे १७६ रनकाे लक्ष्य पछ्याएकाे नेपाल २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्रै बनाउन सक्याे।
नेपालका लागि असिफ शेख अर्धशतक प्रहार गरे। उनले ५३ रन प्रहार गरेका थिए। कप्तान रोहित पौडेल ३३ रन प्रहार गरेर आउट भए। कुशल भुर्तेल २५, कुशल मल्ल ११ रनमा आउट हुँदा आरिफ शेख आठ रनमा अविजित रहे। मेलबर्नका अस्टिन एन्लेजार्क र डग वारेनले समान दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएकाे थियाे।
ब्लेक म्याकडोनाल्ड र थोमस रोजर्सले अर्धशतक प्रहार गरेका थिए। मेलबर्नका म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।
ओपनर थोमसले ४६ बलमा सात चौका र एक छक्कासहित ६५ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १२२ रनको विशाल साझेदारी गरेका थिए।
१३.१ ओभरमा सन्दीप लामिछानेको बलमा भीम सार्कीले म्याकडोनाल्डलाई क्याच गर्दै आउट गरेर यो साझेदारी तोडे।
अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन। नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए। सोमपाल कामी र शहाब आलमको नाममा समान एक विकेट रह्यो।
यसअघि नेपाल पहिलाे खेलमा नर्दर्न टेरिटाेरी तथा दाेस्राे खेलमा बंगलादेश ए सँग पराजित भएकाे थियाे।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |