← समाचारमा फर्कनुस्
Cricket Jul 23, 2025 · Swadesh

नेपाल र कुवेतबीच द्विपक्षीय क्रिकेट सिरिज खेल्ने सहमति

नेपाल र कुवेतबीच द्विपक्षीय क्रिकेट सिरिज खेल्ने सहमति

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेटबीच पुरुष र महिला क्रिकेट टिमलाई बढावा दिन हरेक बर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार प्रत्येक वर्ष होम एण्ड अवेका आधारमा दुवै देशमा कम्तिमा तीनवटा टी-२० अन्तर्राष्ट्रिय र थप ५० ओभरका खेलहरू खेलिने गरि सहमति भएको छ। यो रणनीतिक सहकार्य अन्तर्राष्ट्रिय एक्सपोजर बढाउन र यस क्षेत्रमा एसोसिएट राष्ट्रहरू बीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिन एक महत्वपूर्ण कदम भएको क्यानले जानाएको छ। यो सहमति २०२६ देखि लागु हुने छ।

नेपालले हालै आइसीसी टी-२० विश्वकप २०२४ मा विश्व मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गरेको र कुवेतले यस वर्षको अन्त्यमा आइसीसी पुरुष टी-२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटमा भाग लिन तयारी गरिरहेको अवस्थामा, यो सकारात्मक पहल भएको क्यानले उल्लेख गरेको छ। यसले उदीयमान खेलाडीहरूको लागि प्रतिस्पर्धात्मक वातावारण बनाउनुका साथै कुवेतमा बसोबास गर्ने जीवन्त र जोशिलो नेपाली समुदायसँग दुई राष्ट्रहरू बीचको सांस्कृतिक र क्रिकेट सम्बन्धलाई पनि बलियो बनाउने विश्वास क्यानले गरेको छ।

नेपाल र कुवेत दुवै आईसीसी पुरुष टी-२० विश्वकप २०२६ एशिया क्षेत्रीय छनोटको लागि एउटै समूहमा रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →