रोमाञ्चक खेलमा नेपाल भारतसँग रोकियो

काठमाडौं। तीनपल्टसम्म अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा नेपाल साफ फुटसल च्याम्पियनसिपमा चिरप्रतिद्वन्द्वी भारतसँग बराबरीमा रोकिएको छ। रोमाञ्चक बनेको खेलमा नेपाल र भारतले ३–३ को बराबरी खेले।
यस नतिजासँगै दुवै टोलीले दुई–दुई खेलबाट समान ४ अंक जोडेको छ।
खेलको सुरुआत आक्रामक बनाएको नेपालले पाँचौं मिनेटमै अग्रता लिएको थियो। व्रिकान्त नरसिंह रानाले उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई १–० को अग्रता दिलाए। तर त्यो खुशी लामो समय टिक्न सकेन। त्यसको ठीक एक मिनेटपछि लाल्ट्लुआङ्जेलाले गोल गर्दै भारतलाई खेलमा फर्काए।
खेलको २५औं मिनेटमा अमित लामाले शानदार गोल गर्दै नेपाललाई पुनः २–१ को अग्रता दिलाए। तर खेलको अन्तिमतिर पुग्दै गर्दा भारतले लगातार दबाब बढायो।
३९औं मिनेटमा अनमोल अधिकारीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। विजय श्रेष्ठले ४०औं मिनेटमा गोल गर्दै नेपाललाई ३–२ को अग्रता दिलाएका थिए तर भारतका निखिल राजेन्द्र मालिले गोल ३–३ को बराबरी अवस्थामा ल्याए।
नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा अग्रता जोगाउन नसक्दा जित हात पार्न सकेन।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |