← समाचारमा फर्कनुस्
नेपाल र क्यानडा भिड्दै

काठमाडौं । विश्वकप लिग–२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोलीको सामना गर्दै छ।
यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार आइतवार साँझ ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ।
त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ। यसअघि नेपालले सिरिजको पहिलो खेलमा क्यानडासँग १०३ रन तथा दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो।
लिग–२ अंक तालिकामा नेपाल ६ खेलमा दुई अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |