← समाचारमा फर्कनुस्
Football Aug 23, 2024 · Swadesh

साफा यु–२० : नेपाल र भुटान सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने

साफा यु–२० : नेपाल र भुटान सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ । साफा यु-२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको समूह बी को खेलमा भारतले माल्दिभ्सलाई भारतले ०–१ गोलले पराजित गरेसँग नेपालले भुटान प्रतद्धिन्द्धी पाएको हो। 

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने भुटान समूह बी बाट उपविजेता बनेको हो। 

समूह ए को उपविजेता बंगलादेशले सेमिफाइनलमा समूह बी को विजेता भारतको सामना गर्नेछ।

बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेको थियो। तर, नेपालसँग भने बंगलादेश २–१ ले पराजित हुँदै समूहको उपविजेता बन्यो।

समूह ‘बी’ मा भने भारत विजेता बन्यो। भारत ६ अंकसहित शीर्ष स्थानमा रह्यो। भुटान तीन अंकसहित समूह उपविजेता बन्यो। भारतले भुटान र माल्दिभ्सलाई समान १–इ गोलले पराजित गरेको थियो। यता, भुटानले माल्दिभ्सलाई २–१ ले परािजत गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →