← समाचारमा फर्कनुस्
Football Aug 18, 2024 · Swadesh

साफ यु–२० : नेपालको विजयी सुरुआत

साफ यु–२० : नेपालको विजयी सुरुआत

काठमाडौं। साफ यु–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ। 

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाविरुद्ध १–० गोलको जित हासिल गरेको हो। 

नेपालको जितमा निराजन धामीले गोल गरे।

धामीले खेलको २४औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। उक्त गोल नै नेपालको जितमा निर्णयक बन्यो। 

फ्रिकबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेको बल श्रीलंकाका खेलाडीका खेलाडीलाई टच हुँदै फर्किएको थियो। उक्त बललाई धामीले जाली चुमाए। 

खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाएको नेपालले फिनिसिङमा भने बारम्बार चुक्न पुग्यो।

नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ। श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →