← समाचारमा फर्कनुस्
Cricket Mar 02, 2024 · Swadesh

नेडरल्याणड्समाथि नेपालको जित

नेडरल्याणड्समाथि नेपालको जित

त्रिकोणात्मक टि २० सिरिज अन्तर्गत पाचौं खेलमा नेपालले नेडरल्याणड्सलाई ६ विकेटले पराजित गरेको छ।

टियु क्रिकेट मैदानमा नेडरल्याणड्सले दिएको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै  पुरा गरेको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए। त्यस्तै गुल्शन झाले ३६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।  कुशल भुर्तेलले १२ रन, आषिफ सेखले ८ रन बनाएका थिए। दिपेन्द्र सिंह ऐरे र कुशल मल्ल अविजित रहदै क्रमश ४ र २  बनाएको थियो।

नेडरल्याणड्सका लागि भिभियन किंगमाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने आर्यन दत्तले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको  नेदरल्याण्ड्सले ३ बल बाँकी छदै १ सय २० रनमा अलआउट भएको थियो।

नेपालका करण केसीले पहिलो ओभरमा २ विकेट लिए। केसीले मिकायल लेविटलाई ४ बलमा नै विकेट लिएका थिए। 

प्रतिसले ३ तथा कुशल मल्लले समान २ विकेट लिए । दीपेन्द्र सिंह ऐरीको नाममा एक विकेट रह्यो ।

नेदरल्याण्ड्सका लागि मेक्स ओडाडले सर्वाधिक ३१ रन बनाएको थियो। नेदरल्याण्ड्सका रुलोफ वान डेरले अविजित २३ तथा टिम वान डेरले २४ रन बनाए ।

यस खेलमा दीपेन्द्रले भुर्तेलको टि २० आईमा नेपालका लागि सर्वाधिक ह्यान्द क्याचको रेकर्ड टोडेको छ। दिपेन्द्रको २५ क्याच र  भुर्तेलको २३ रहेको छ। 

यस जित संगै नेपाल र नेदरल्याण्ड्सको  ४/४ अंक रहेको छ । नामिबिया एक जित सहित २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।  शीर्ष दुई टिमले सिरिजको फाइनल खेल्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →