नामिबियामाथि नेपालको जित

त्रिकोणात्मक टि २० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउदै १७७ मात्र बनाउन सफल रहे।
नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ५० रनको इनिंग खेल्दै आउट भएको थियो। उनले २६ वलमा ६ चौका र २ छक्का प्रहार गरेको थियो । उनलाई अनिल साहले क्याच आउट गरेको थियो। त्यस्तै जान फ्रिलिंकले २९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३७ रन जोडे।
जेपि कोट्जेले २२ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाए।
जेन ग्रीनले २३, रूबेन ट्रम्पिमानले १४ र भ्यान लिनगेनले १० रन जोडे भने अरू ब्याट्समानले दोहोरो अंक बनाउन सकेनन्।
नेपालका लागि करण केसी, दिपेन्द्र सिंग ऐरे र सोमपाल कामीले समान २/२ विकेट लिएका थिए भने अबिनाश बोहोराले एक विकेट लिएको थियो।
यस अघि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाए ।
नेपालका लागि सर्वाधिक रन कुशल मल्लले बनाए। उनले अविजित रहदै ३६ बलमा १ चौका र ४ छक्कासहित ५५ रनको बनाएको थियो । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए।
आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे ।
गुलशन झा १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोड्दै आउट भए ।
ओपनर अनिल शाहले १७ बलमा ३ छक्का सहित २३ रन बनाए ।
दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै आउट भए । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।
कप्तान रोहित ९ बलमा १० रन जोड्दै क्याच आउट भए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |