← समाचारमा फर्कनुस्
Cricket Nov 18, 2023 · Nepalsports

नेपालद्वारा जापान ६७ रनले पराजित

नेपालद्वारा जापान ६७ रनले पराजित

हङकङमा जारी चार देशीय महिला टी२० श्रृंखलामा नेपालले जापानलाई पराजित गरेको छ। हङकङ क्रिकेट क्लबमा भएको नेपाल यस तेस्रो खेलमा जापानलाई ६७ रनले पराजित गरेको हो।

टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३३ रन बनाएरो थियो। नेपालको जितका लागि रूबिना क्षेत्रीले सर्बाधिक ३८ रन बनाए भने इन्दु बर्माले २७ रन बनाए। रूबिनाले ३२ बलमा ५ चौका परिहार गर्दै ३८ रन जोडे। कप्तान इन्दुले ३१ बलमा २ चौका प्रहार गर्दै २७ रन जोडिन। त्यस्तै काजल श्रेष्ठले अविजित ७ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाएको थियो। पुजा महतोले २९ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडे। सीता राणा मगरले ९ रन र अस्मिना कर्माचार्यले अविजित रहदै १ रन बनाए।

जापानका इलिना कुसुदाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिईन। त्यस्तै मेग ओगावाले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिईन र अयुमी फुजीकावाले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिईन। 

नेपाल ले दिएको ११४ रनको लक्ष्यलाई पछ्याएको जापनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४६ रन मात्र जोड्न सफल भए।  जापानका लागि सर्बाधिक रन मेग ओगावाले बनाईन । उनले २९ बलना २ चौका प्रहार गर्दै १७ रन बनाईन। सेईका सुमीले १६ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडिन। बाकी जापानी ब्याटरले दुई अंकको रन बनाउन सकेनन्। 

नेपालका संगीता राईले ४ ओभरना ६ रन खर्चेर ५ विकेट लिईन। पुजा महतोले ३ ओभरना २ रन खर्चेर २ विकेट लिईन र उनले एक ओभर मेडिइन खेलिन। अस्मिना कर्माचार्यले ३ ओभरना ९ रन खर्चेर २ विकेट लिईन। 

संगीता राई प्लेयर अफ डी म्याच बनिन्। 


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →