नेपालले बंगलादेशसॅंग क्रिकेट सिरिज खेल्दै बाढी विपद्का पीडितहरूलाई समर्पित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त पहलमा आगामी मार्चमा हुने नेपाल र बंगलादेशबीचको क्रिकेट सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी विपद्का क्रममा ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ।
नेपाल क्रिकेट संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। विज्ञप्तिअनुसार हालैको प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस सिरिजमार्फत दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरिनेछ।
नेपाल र बंगलादेशबीच ऐतिहासिक रूपमा सुमधुर जनस्तरीय सम्बन्ध रहँदै आएको छ। क्रिकेटले दुई देशका जनतालाई जोड्ने महत्वपूर्ण माध्यमका रूपमा समेत भूमिका निर्वाह गर्दै आएको छ। यसै भावनालाई आत्मसात् गर्दै क्यान र बिसीबी ले संयुक्त रूपमा आगामी सिरिजलाई मित्रता, मानवीय संवेदना, स्मरण र ऐक्यबद्धताको विशेष सन्देश बोकेको सिरिजका रूपमा अघि बढाउने निर्णय गरेका छन्।
यस संयुक्त पहिलाई क्रिकेट मैदानमा हुने सिरिजमा मात्र सीमित नराखी नेपालको समग्र क्रिकेट विकासमा समेत दीर्घकालीन सहकार्यका रूपमा अघि बढाइनेछ। यसअन्तर्गत बिसीबी ले नेपालको महिला क्रिकेट, उमेर समूहका क्रिकेटको विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्नेछ। साथै, भविष्यमा नेपाल ‘ए’ टोलीका भ्रमण तथा त्रिपक्षीय ‘ए’ टोली कार्यक्रमहरूलाई समेत प्रोत्साहन गर्दै खेलाडी विकास, प्रतिस्पर्धात्मक अनुभव र नेपालको क्रिकेटको दीर्घकालीन विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ।
नेपाल क्रिकेट संघ र बंगलादेश क्रिकेट बोर्ड यस संयुक्त पहलमार्फत क्रिकेटको माध्यमबाट दुःखको यस घडीमा एकता, सहानुभूति र दुई छिमेकी राष्ट्रबीचको ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुका साथै नेपालको क्रिकेट विकासका लागि दीर्घकालीन सहकार्यलाई थप सुदृढ गर्न प्रतिबद्ध छन्।
खेल तालिका:
· पहिलो टी–२० आई: २६ मार्च २०२७ – नेपाल विरुद्ध बंगलादेश
· दोस्रो टी–२० आई: २८ मार्च २०२७ – नेपाल विरुद्ध बंगलादेश
· तेस्रो टी–२० आई: ३० मार्च २०२७ – नेपाल विरुद्ध बंगलादेश
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |