नेपाल र बंगलादेश एक खेलअगावै सेमिफाइनलमा

काठमाडौँ । श्रीलंकालाई पराजित गर्दा बंगलादेश एक खेलअगावै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। यस्तै बंगलादेशको जितले नेपाल पनि सेमिफाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै बंगलादेशले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। समूह ‘ए’ को शीर्ष स्थानमा रहेको बंगलादेशले अन्तिम खेल आयोजक नेपालसँग बिहीबार खेल्ने छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो। यही खेलबाट समूह विजेताको टुंगो लाग्ने छ।
बंगलादेशको जितमा मिराजुल इस्लाम र अहमद नोभाले गोल गरे। १८औं मिनेटमै बंगलादेशले सुरुआती अग्रता लिएको थियो। राबि हुसेनले दिएको क्रस बललाई उनले वान टचमै गोल गर्दै इस्लामले अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर नोभाले गोल गर्दै बंगलादेशलाई २–० को सहज जित दिलाए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |