← समाचारमा फर्कनुस्
उपाधीको लागि नेपाल र बंगलादेश भिड्दै

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा आज उपाधीकोलागि नेपाल र बंगलादेशबीच खेल हुँदैछ ।सातदोवाटोस्थित एन्फा मैदानमा हुने यस फाइनल खेल दिउँसो २ः३० बजे सुरु हुनेछ।
नेपालले भुटानलाई सेमिफाइनलमा पराजित गरेको थियो भने बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
नेपाल र बंगलादेश यस अघि समूह चरणमा सेलिसकेका छन् । जसमा नेपालले बंगलादेश २-१ गोलले पराजित गरेको थियो।
नेपालले सुरुका दुई संस्करणको उपाधि जितेको थियो।
बंगलादेश यसअघिको संस्करणमा भारतसँग फाइनलमा पराजित हुँदै उप विजेतामा बनेको थियो ।
दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल उपाधि जित्नकै लागि मैदान उत्रने प्रतिक्रिया दिएका थिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |