← समाचारमा फर्कनुस्
Cricket Jan 22, 2025 · Swadesh

नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित

नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित

काठमाडौं । आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि कप्तान पूजा महताले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अस्ट्रेलियाका लागि लिली बासिङथ्वाइट, जुलिएट मोर्टन र हसरत गिलले समान दुई र क्लो एन्वर्थले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो।

 हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना समाप्त भएको छ। यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ।

यता, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया समूह ‘डी’ को विजेताका रूपमा सुपर सिक्स प्रवेश गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →