नेपालले नेडरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ

त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत फाइनल खेलमा नेपालले नेडरल्याण्ड्सलाई १८६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङको रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाए ।
ओपनर कुशल भुर्तेल १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २० रन बनाए। उनलाई भान डर गुटनले ३.३ ओभरमा स्टम्प झार्दै आउट गरेको हो। रोहित पौडेल १९ बलमा ३ चौका र १ छक्का प्रहार गरेदै २५ रन बनाउदै क्याच आउट हुदै बाहिरिए। लेभिटको बलमा एडवार्डले क्याच गरेको थियो। रोहित र आसिफ सेख विच ३५ बलमा ५९ रनको साझेदारी गरेको थियो।
आसिफ ३७ बलमा १ चौका ४ छक्का प्रहार गर्दै ४७ रन बनाए। आसिफ र गुल्शन झा बिच ४३ रनको साझेदारी गरेको थियो। उनी लेभिटको एलबिडबलयु धरापमा परे।
आसिफको ठाउमाआएका दिपेन्द्र सिगं ऐरे भने लामो समयसम्म टिक्न सकेन। उनले ३ बलमा १ रन मात्र बनाएर एलबिडबलयु हुदै आउट भए।
पाचौं विकेट कुशल मल्लको प्रहार बिक्रमजितले क्याच गरेको थियो। उनले ११ बलमा २६ रन बनाएका थिए। करन के सी र आरिफ सेख सस्तो रन मा आउट भए। करणले ९ रन जोडे भने आरिफ डक आउट भएको थियो।
गुल्शन झाले २४ बलमा ३ छक्का प्रहार गर्दै ३४ रनमा क्याच आउट भएको थियो। क्लासेनको बलमा सारिज अहमदले क्याच गरेको थियो।
सोमपाल र प्रतिश अविजित रहैदै समान ६/६ रन बनाएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |