← समाचारमा फर्कनुस्
नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ

त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाए ।
नेपालका लागि सर्वाधिक रन कुशल मल्लले बनाए। उनले अविजित रहदै ३६ बलमा १ चौका र ४ छक्कासहित ५५ रनको बनाएको थियो । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए।
आसिफ शेख दोस्रो ओभरको पहिलो बलमा बेन शिकोंगोको शिकार बने । उनले २ बलमा १ रन जोडे ।
गुलशन झा १६ बलमा १ चौका र ३ छक्कासहित २६ रन जोड्दै आउट भए ।
ओपनर अनिल शाहले १७ बलमा ३ छक्का सहित २३ रन बनाए ।
दीपेन्द्र ८ बलमा २ चौकासहित १६ रन जोड्दै आउट भए । करण केसी ३ बलमा १ छक्कासहित ७ रन बनाएर पेभेलियन फर्किए ।
कप्तान रोहित ९ बलमा १० रन जोड्दै क्याच आउट भए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |