← समाचारमा फर्कनुस्
Football Sep 21, 2024 · Swadesh

नेपाल कम्बोडियासँग ४–१ ले पराजित

नेपाल कम्बोडियासँग ४–१ ले पराजित

काठमाडौं । नेपाल एएफसी यु–२० एसियन कप छनोटको पहिलो खेलमा कम्बोडियासँग पराजित भएको छ। 

समूह ‘बी’ अन्तर्गत शनिबार भएको खेलमा नेपाल कम्बोडियासँग ४–१ गोलले पराजित भएको हो। 

कम्बोडियाको जितमा भ्रिएक फान, फोउक थाथाई, मिआन चिन्रथ र इभ सोभन्नाराले गोल गरे। यता, नेपालका लागि समीर तामाङले गरेको गोल सान्त्वना बन्यो।

खेलको तेस्रो मिनेटमा फानको गोलमार्फत कम्बोडियाले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि नै थाथाईले टोलीको अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्जुरी समयमा समीरले गोल गर्दै नेपाललाई खेलमा फर्काउने संकेत दिएका थिए। ६१औं मिनेटमा चिन्नथले गोल गर्दा कम्बोडिया ३–१ ले अगाडि बढ्यो।

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा सोचन्नाराले गोल गर्दै कम्बोडियालाई ४–१ को सहज जित दिलाए।

नेपालले अब सोमबार घरेलु टोली चाइनिज ताइपेइको सामना गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →