← समाचारमा फर्कनुस्
Cricket Dec 12, 2023 · Nepalsports

एनसीसीको पाचौं साधारण सभा समपन्न

एनसीसीको पाचौं साधारण सभा समपन्न
नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसी) ले पाचौं साधारण सभा समपन्न गरेर नयाँ नेतृत्वको चयन गरेको छ।

पाचौं वार्षिक साधारण सभाले अमृत थापाको नेतृत्वमा १२ कार्य सदस्यसमीती  चयन गरेको हो।
संरक्षक इमरान असगर ,अध्यक्ष अमृत थापा ,उपाध्यक्ष  दिनेश बानियाँ, उपाध्यक्ष विनोद गुप्ता ,सचिव आलोक देवकान्त, कोषाध्यक्ष कुशल रानाभाट, सह कोषाध्यक्ष  राजन तामाङ्ग, सदस्य बिपिन पराजुली , विनय यादव , सुशान्त तुलाधर ,विदुर भण्डारी , मनिल वाग्ले रहेका छन ।

बिगतमा क्लबलाइ यो उचाई सम्म पूराउन साथ दिनुहुने सम्पूर्ण पधादिकारिहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहान्छु अब देखी नेतृत्वको जिम्मेवारीमा आउदै गर्दा कल्बलाइ निष्ठता र नया उचाइमा पुर्याउन सधै तत्पर हुने जानकारी क्लबका नवनिर्वाचित सभापति अमृत थापाले जनाए।

क्लवका निवर्तमान सभापति किरोज श्रेष्ठले संस्थालाई चार वर्ष नेतृत्व गर्न पाएकोमा खुसि व्यक्त गर्दै आफ्नो कार्यकालमा साथ दिनु हूने समपूर्णमा  आभार ब्यक्त गर्दै नयाँ कार्यसमितिले संस्थालाई अझ उचाईमा लैजाने विश्वास पनि व्यक्त गरे।  

क्लबले यस वर्षदेखी संरक्षक पदको सुरूवात गरेको छ जसमा कल्बको संस्थापक अध्यक्ष इमरान असगरलाइ निवार्चित गरेको क्लबले जनाएको छ।

२०१७ मा स्थापित क्रिकेट क्लबले क्लबले क्रिकेट खेलका विभिन्न गतिविधि गर्दै आएको छ। 
प्रतिष्ठित मिसिसाउगा क्रिकेट लिगमा सहभागी नेपलीज क्यानेडियन क्रिकेट क्लब क्यानडाली लिगमा प्रतिस्पर्धा गर्ने सम्भवतः पहिलो नेपाली खेलकुद टोली हो। २०२२ मा उल्लेखनीय प्रयासमा, एनसीसीले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई क्यानडाको राष्ट्रिय टोली विरुद्ध ऐतिहासिक द्विपक्षीय शृङ्खलाको लागि क्यानडा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

क्लबले अध्ययनका लागि नेपालबाट आएका विद्यार्थीलाई खेल्ने मौका दिएको यस क्लबले अन्य विभिन्न सामाजिक गतिविधिहरू पनि गर्दै आएको छ
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →