← समाचारमा फर्कनुस्
Football Jun 02, 2024 · Swadesh

विश्वकप छनोट : नेपाली फुटबल टोलीको घोषणा

विश्वकप छनोट : नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत युएई र यमनसँग हुने खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरेका छन्।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बसन्त जिम्बा र आशिकबाबु चौधरीले पहिलो पटक आइतबार २३ सदस्सीय टोलीको घोषणा गरेका हुन्।

नेपालले जेठ २४ गते दशरथ रंगशालामा युएईको सामना गर्ने तय थियो। तर. सियन फुटबल महासंघ (एएफसी) ले रंगशाला खेल खेलाउन योग्य नरहेको पुष्टि गरेको थियो। त्यसपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियमा सारिएको हो। 

युएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ। 

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार,

रक्षकः अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनिष डाँगी, बसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई

फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →