राष्ट्रिय लिग : मनाङ–संकटा तथा एनआरटी–एपीएफ रोकिँदा जावलाखेल विजयी

काठमाडौं। राष्ट्रिय लिगअन्तर्गत मंगलबार तीन खेल सम्पन्न भएका छन्। जसमध्ये एक खेलमा जावलाखेल युथ क्लब विजयी हुँदा दुई खेल गोलरहित बराबरीमा सकिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबले नव जनजागृति युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको हो।
जावलाखेलको जितमा हरिशराज भट्ट, बौबकार सिस्सोखो, युवराज ढकाल र धर्मेन्द्रले गोलले समान एक गाेल गरे।

यो जितसँगै पाँच खेल खेलेको जावलाखेलले ६ अंक जोडेको छ। समान खेल खेलेको जनजागृति अंकविहीन रहँदै तालिकाको पुछारमा छ।
यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा लिग लिडर एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) गोलरहित बराबरीमा रोकिए। यससँगै एपीएफले पाँच खेलबाट १३ अंक बनाएको छ भने एनआरटीले १० अंक जोड्दै चौथो स्थानमा यथावत् छ।
मंगलबारकै अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा एफसीबीचको प्रतिस्पर्धा पनि गोलरहित बराबरीमा सकिएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |